पढ्नै पर्ने | प्रदेश |

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा पोखरेल पुनः नियुक्त, केहीबेरमा सपथ ग्रहण

दीपक ज्ञवाली
बुटवल वैशाख १९ गते । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ ।
यस अघि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनुभएको र सोही आधारमा उहाँ नियुक्त हुनुभएको हो । उहाँले आजै मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाँले केहीबेरमा पद तथा गाेपनियताकाे सपथ लिनुहुने जनाइएकाे छ ।