पढ्नै पर्ने |

जसपा संसदीयदलको बैठक जारी, यादव पक्षीय सांसद अनुपस्थित

आशा साह 

काठमाडौं, जेठ ७ गते । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको बोलाउनु भएको बैठक सिंहदरबारस्थित संसदको कार्यलयमा जारी छ ।
बैठकमा उपेन्द्र यादव डा.बाबुराम भट्टराइ पक्षका नेताहरुको सहभागिता छैन । बैठकमा अध्यक्ष ठाकुर र राजेन्द्र महोतो पक्षका १८ देखि २० जना संसदको उपस्थित रहेको जसपाका केन्द्रीय सदस्य सन्तोष मेहेताले जानकारी दिनुभयो ।
बिहीबार राष्ट्रपतिदेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसारको वैकल्पिक सरकार बनाउन दलहरुलाई शुक्रबार साँझ ५ बजेसम्मको समयसीमा दिनुभएपछि नेताहरुको व्यस्तता एकाएक बढेको छ ।
बैठकमा नागरिकता अध्यादेश, संविधान संशोधन लगायतका विषयमा छलफल हुने उहाँले बताउनुभयो । साथै उहाँले जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिने वा नदिने विषयमा पनि निर्णय हुन सक्ने उहाँले बताउनु भयो ।
‘आज दिनभरि विभिन्न निर्णयहरु हुन्छ । त्यो निर्णय संसदीय दलले मात्र गर्दैन,’ उहाँले गोरखापत्र अनलाइनसँग भन्नुभयो, ‘शीर्ष नेताहरुबीचको बैठकले पनि त्यो निर्णयहरु गर्न सर्छ ।’
यद्यपी ओलीलाई निरन्तता दिने विषयमा जसपाभित्र दुई धार देखिँदै आएको छ ।
महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री आलीसँग नजिकिनुभएको छ । तर, अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले भने यो कदमलाई असंवैधानिक भन्दै विरोध गरिरहेको छ