संरक्षणको अभावमा मलाहा बिरालो लोप हुँदै
इन्दिरा अर्याल
काठमाडौं, जेठ ९ गते । मलाहा बिरालो अर्थात मध्यम खालको जंगली बिरालो विशेषगरी सिमसार क्षेत्रहरूमा पाईन्छ । सिमसार क्षेत्रको विनाससँगै यो प्रजातिका विराला लोप हुँदै गएका छन् । सिमसार क्षेत्रको विनास र मानव निर्मित माछा मार्ने पोखरी निर्माण र माछाको सँख्यामा कमी हुदै गैरहेको छ ।
माछा मार्ने बिरालाको बैज्ञानिक नाम प्रिनिलियस भाइभरीनस र स्थानीय नाम मलाहा बिरालो हो ,जुन नेपालको तराई क्षेत्रमा पाईन्छ । सन् २००८ देखि मलाहा बिरालोको तेस्रो पुस्तासम्म आईपुग्दा यसको संख्यामा कमी आईरहेको छ यसलाई अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले संकटापन्न जनावरका सूचिमा राखेको छ ।
“जंगली बिरालो सीमसार क्षेत्रको वरपर, नदिको छेउछाउ, साना नदि र दलदले क्षेत्रमा बस्दछ । प्राकृतिक बासस्थानको विनाश,सिमसार क्षेत्रको बिनाश र माछाहरुको संख्यामा कमी हँुदै जानुले पनि मलाहा बिरोलो संख्यामा कमी हँुदै गैरहेको छ ।” साना बिरालो तथा मलाहा बिरालोको बारेमा ,बेल्जियमको एंटवर्प विश्वबिद्यालयमा जीव बिभाग, पारीस्थितिक विकास समुह अन्तर्गत पिएचडि गरीरहनुभएकी रमा मिश्रले भन्नुभयो उहाँ मलाहा बिरालोको बारेमा कोशिटप्पु बन्यजन्तु आरक्ष र चितवन राष्ट्रिय निकुञ्जमा अनुसन्धान गर्दै हुनुहुन्छ । नेपालले यसको संरक्षण गर्ने प्रयास नै नगरेको उहाँले बताउनुभयो । “ योे जनावरको पारीस्थितिक महत्व धेरै हुन्छ भन्ने समुदायमा जागरुक गराउनु आवश्यक छ । ”उहाले भन्न्ुभयो
यसको स्वभाव अरु बिरालोले भन्दा एकदमै टाढासम्म सिकार गर्न सक्ने हुन्छ । यसका पानी प्रतिरोध गर्ने भुत्ला र झिल्लिादार खुट्टा हुन्छन् जसको सहायताले पौडन र माछा मार्न सक्दछ। यो घरेलु बिरालो जस्तै दुई आकारको टाउकोदेखि शरिरसम्म ५७ देखि ७८ सेन्टिमिटर र २० देखि ३० सेन्टिमिटर लामो पुच्छर हुन्छ । नेपालमा मलाहा बिरालाको पूर्वमा सुनसरी देखि पश्चिममा कञ्चनपुरसम्म टिपोट गरीएको छ । यो पाइने स्थानको सिमा भने निश्चित छैन । यी जनावरहरुको तराईका पाँच संरक्षित क्षेत्रहरु कोशिटप्पु बन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज,बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइएको अभिलेख छ
यिनिहरु प्राकृतिक सिमसार क्षेत्रको संरक्षित क्षेत्रभन्दा बाहिर पनि रहन्छन् जस्तै सुनसरीको माछा पोखरी ,बारा र कपिलबस्तु जिल्लाका माछा पोखरी क्षेत्रमा पनि
मलाहा बिराले पोखरी, धापिलो क्षेत्र र तालहरुमा बस्न रुचाउँछ तर यसलाई बगिरहेको पानी वरपर पनि पाउन सकिन्छ ।
“प्राकृतिक सिमसार क्षेत्रमा माछाको संख्या घट्दै जान लागेपछि अहिले तराइमा धेरै मानिसले माछा पोखरी निर्माण गरीरहेका छन् । पोखरीको रेखदेख गर्र्न कुकुर पनि राख्न थालेका छन् । त्यहाँ ति कुकुरले महाला बिरालोलाई मार्ने सम्भावना पनि हुन्छ । यो पनि मलाहा बिरालेको संख्या कमी हुनुमा एक प्रमुख कारण हा ।” मिश्रले भन्नुभयो ।
जंगली फोटोग्राफर र चरा संरक्षण नेपालका आजिवन सदस्य संजय श्रेष्ठले भन्नुभयो “मैले ३ बर्ष अघि कोशिटप्पुमा खिचेको मलाहा बिरालोको तस्बिर नै पहिलो प्राकतिकि तस्बिर हो । त्यसभन्दा पहिले जंगलि महाला बिरालेको तस्बिर क्यामेरा ट्यापिङ प्रबिधिबाट लिइएको थियो ।”
मिश्रका अनुसार उहाँले तराईमा मलाहा बिरालो योजना पनि स्थापित गर्नुभएको छ । नेपालका प्रजाति माछा मार्न निकै कुशल छन् । यसले पानीको सतहबाट माछा समात्छ ,जब माछा पानीमा तरंग पैदा गर्दै आउँछन् उनिहरुलाई समात्न यो पानीमा डुबुल्कि मार्दछ ।
यसलाई पौडन यसका आंशिक झिल्लिदार खुट्टाहरु , रबर जस्तो पुच्छर र पानी प्रतिरोधि रौँ ले सहयोग गर्दछ । यो बिरालोले माछा बाहेक मुसा, छेपारो , साना स्तनधारी र चरा पनि खान्छ ।
नेपालमा लगभग१५० देखि २०० सम्म मलाहा बिरालो रहेको अनुमान गरीएको छ । यिनिहरुको पाकिस्तान ,भारत, बंगलादेश,थाईल्याण्ड, म्यानमार कम्बोडियम, श्रीलंका र ईण्डोनेसियामा पनि अभिले छ ।सबै ठाउँमा मलाहा बिरोको संख्यामाा कमी आईरहेको छ । आजका मितिसम्म नेपालका यसको अवस्थाको बारेमा कुनै पनि बैज्ञानिक अध्ययन हुन सकिरहेको छैन ।
हिमालयन प्रकृति नेपालको पहिलो अनुसन्धानको लागि स्थापना भएको र जसको उद्धेश्य यसको संख्या निर्धारण गर्नु र कोशिटप्पु वन्यजन्तु आरक्षमा मदाहा बिरालोको वितरणको अवस्था थाहा पाउनु रहेको छ ।