पढ्नै पर्ने |

'युरोपियन युनियनकाे भण्डारणमा रहेका खोप ल्याउन कुरा भएकाे छ'

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १० गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा खोप ल्याउने विषयमा खोप उत्पादक मुलुकमा औपचारिक रुपमा पत्र पठाइसकेको बताउनु भएको छ । मन्त्रालयमा आयोजित भर्चुअल प्रेस बिफिङङ्ग कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले उक्त कुराको जानकारी गराउनु भएको हो ।

साथै यूरोपियन यूनियनमा भण्डारणमा रहेका खोप ल्याउने विषयमा पनि कुरा भइरहेको जानकारी दिनुहुँदै उहाँले नर्वे सरकार यस विषयमा सकारात्मक रहेको जानकारी दिनुभयो । मन्त्रालयबाट खोप लागि चीन, अमेरिका, भारत, बेलायत, रुस लगायतका मुलुक संग कुटनितीक पहल भइरहेको उहाँले बताउनुभयो ।

नेपाली जनताको स्वास्थ्यमा नेपाल सरकार र स्वास्थ्य मन्त्रालय विरामीलाई सेवा दिन अग्रसर भएर लागि परेको बताउनुभयो । नेपालमा स्वास्थ्य संकट लगाउने विज्ञको सुझावलाई मन्त्रालयले सकारात्मक तरिकाले लिएको उहाँले बताउनुभयो ।

साथै पछिल्लो समय देखिएको नयाँ कोरोना भाइरस पहिलाको तुलानामा घातक रहेको उहाँले बताउनुभयो । अवको केहि समय कोरोना संक्रमण रहने र अवको एक महिना पछि कोरोना संक्रमण दर घटने मन्त्रालयले आंकलन गरेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो ।