पढ्नै पर्ने | प्रदेश | फोटो फिचर |

वर्षाले बेनी–जोमसोम सडक बगायो (फोटो फिचरसहित)

अमृतप्रसाद पौडेल
बेनी, जेठ १३ गते । गएरातीदेखि परेको परेको वर्षाका उत्तरी म्याग्दीमा सडक क्षति भएको छ । पश्चिम बंगालका खाडीमा बिकसित जनवायुको प्रभाव र यास चक्रवातको प्रभावले भएको हुन सक्ने अनुमान गरिएको छ ।
कालीगण्डकी नदीमा पानीको बहाव बढ्दा बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर सडक अन्तरगतको बेनी जोमसोम सडक अबरुद्ध भएको थियो । अहिले साँझसम्म ट्रयाक खोलिए पनि सवारी आवतजावतमा जोखिम रहेको प्रहरीले जनाएको छ ।
वर्षाले गर्दा कालिगण्डकीमा पानीको सतह बढेसँगै अन्नपूर्ण गाउँपालिका वडा नं २ भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण बगाएको छ । म्याग्दीको उत्तरी क्षेत्रमा रहेका कालिगण्डकीका सहायक खोला र झरानामा समेत पानीको बाहब बढेपछि नदी संरक्षणमा प्रयोग भएको मिक्चर सहितको उपकरण बगाएको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत सडक र बस्ती संरक्षणका लागि सुरु भएको नदी नियन्त्रण योजना ठेकेदारको लापरबाहीले ढिलासुस्तीले समयमै काम सुरु नहुदाँ बस्ती त जोखिममा परेका थियो नै उनीहरुले प्रयोग गर्ने उपकरण समेत नदीको कटानले गर्दा बगाएको छ ।
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतको पेटी ठेक्का लिएको शर्मा–युनाइटेड जेभीले भूरुङ तातोपानीको बस्ती नजिकै दुई सय मिटर भन्दा बढी पक्कि पर्खाल निर्माणमा ढिलासुस्ती गरेको थियो । बर्षा अगावै नदी किनारमा पक्कि पर्खाल निर्माण गर्न ताकेता परेपनि ठेकेदार कम्पिनिले बेवास्ता गरेको थियो ।
उत्तरी म्याग्दीको दानाका व्यवसायी इन्द्रसिंह शेरचनले दिएको जानकारी अनुसार वर्षात्को पानीले गर्दा सडक भत्किएको हुँदा अत्यावश्यक कार्यका लागि पनि सवारी सञ्चालन गर्न निकै जोखिम देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्याम राईका अनुसार हिजो बेलुकादेखि परेको पानीका कारण कालिगण्डकीले सडक कटान गरेकोले बिहानदेखि सडक अबरुद्ध भएको थियो । दिउसो सामान्य ट्रयाक खोल्ने प्रयास भएको भए पनि सवारी सञ्चालन जोखिमपूर्ण रहको छ । बिहान डोजर प्रयोग गरेर ट्रयाक खोल्ने प्रयास गरेको भएपनि निरन्तरको वर्षाले गर्दा समस्या भएको डिएसपी राईको भनाई छ ।