जनमोर्चा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा गुरुङको पनि दाबी
तारा चापागाई
कास्की, जेठ २९ गते । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएको छ । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गर्नुभएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले बाताउनुभयो । गुरुङले जनमोर्चाको कृष्ण थापाको पत्र र जसपा प्रदेश कमिटीको पत्रसहित दावी गर्नुभएको हो । नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपालीले आफ्नो पक्षमा रहेका ३१ जना सांसदलाई प्रदेश प्रमुखकै सामुन्नेमा उपस्थित गराई मुख्यमन्त्रीको दाबी गर्नुभएको थियो साथै दुई दिन अघि विश्वासको मत प्राप्त गर्न नसक्नुभएका गुरुङले पुन: दाबी गर्नुभएको छ । मुख्यमन्त्री पदको दाबीका लागि आज ३ बजेसम्मका लागि समय दिइएको थियाे ।