तामाकोशीकोमा तत्कालका लागि जोखिम टर्याे, पानीकाे सतह सामान्य बन्दै
गाेरखापत्र अनलाइन
काठमाडौं, असार ६ गते । तामामोशी तटीय क्षेत्रमा तत्काल जोखिम टरेको छ । चीनकाे तिब्बत क्षेत्रमा पर्ने रोङ्सी खोलामा आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ टोलीले खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्काल जोखिम टरेको जिल्ला दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।
तीनको टिङ्ग्री काउन्टीको रोङछिया शहर र त्यस आसपासका क्षेत्रमा भारी वर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिएको थियो । ‘अहिले चिनियाँ टोलीले नदीकोे बहाव कन्ट्रोलमा रहेको । चिनियाँ टोलीले थुनिएको नदिलाई विस्तारै खोलिदिएपछि तामाकोशी नदीमा पानीको बहाव पनि बढेकाे छ । उताबाट थोरै थोरै पानी छोडेकाे छ,’ उहाँले भन्नुभयो, ‘तामाकोशी नदीमा हिजो राति २६० घनमिटर प्रतिसेकेण्ड थियो । यो नर्मल हो ।’आइतबार बिहान ५ बजेर ३० बजे गरिएको मापनमा जलसतह १९७।८ रेकर्ड गरिएको र पानी डिस्चार्ज २६० घनमिटर प्रतिसेकेण्ड रहेको उहाँले बताउनुभयो ।