मन्त्रिपरिषद् पुनर्गठन विरुद्धको मुद्दा प्रन्या राणा र न्यायाधीश ढुङ्गानाकाे इजलासमा सुनुवाइ हुँदै
गोरखापत्र अनलाइन
कठमाडौ, असार ८ गते । मन्त्रिपरिषद् पुनर्गठन संविधान विपरीत भएको भनि दायर मुद्दमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्चको आजको पेसी सूचीमा सो मुद्दाको सुनुवाइ हुने तोकिएको हो ।
वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओली कामचलाउ सरकारको प्रधानमन्त्री भएको र उहाँले यसअघि दुई पटक गर्नुभएको मन्त्रिपरिषद पुनर्गठन असंवैधानिक भएको भन्दै साे कार्य राेक्न मुद्दा दायर गर्नुभएको थियो ।