जसपाको संसदीय दलको बैठक दिउँसो १ बजे
गोरखापत्र अनलाइन
काठमाडौं, असार १० गते । जनता समाजवादी पार्टीको संसदीय दलको बैठक दिउँसो १ बजे बस्दैछ । जसपा अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा नेताहरुबीचमा पार्टीको समसामयिक तथा राजनीतिक विषयमा अनौपचारिक छलफल हुन लागेको जसपा नेता केशब झाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपासँगको सहकार्यमा मन्त्रीमण्डल विस्तार गर्नुभएको थियो तर असार ८ गतेको सर्वोच्च अदालतले प्रधानमन्त्री ओली सरकारले गरेको मन्त्रीमण्डल विस्तारको कार्य तत्काल कार्यान्वयन नगर्न भन्दै नवनियुक्त २० मन्त्रीलाई पदमुक्त गरेको थियो ।
यस्तै आज हुन गइरहेको छलफल बारे जानकारी दिनुहुँदै जसपा नेता केशव झाले पनि आज पछिल्लो राजनीतिक अवस्थाबारे अनौपचारिक र सामान्य छलफल हुने जानकारी दिनुभएको छ ।