पढ्नै पर्ने | प्रदेश |

बाढीमा जाेखिम माेलेर सवारी वारपार

राममणि दाहाल 

हेटाैंडा, असार १९ गते ।  लगातारकाे वर्षाका कारण राजधानीलाई लाई हेटौडासँग जोडिने त्रिभुवन राजपथकाे ठाउँठाउँमा बाढी  र पहिराेले सवारी आवागमनमा अबराेध भएकाे छ । लगातारको वर्षापछि त्रिभुवन राजपथको हेटौँडा–भैंसे सडक खण्डको बाघझोरामा आएको बाढीले गएरातिबाट सडक अबरुद्ध बन्न पुगेको छ ।

बाघझोरामा आएको बाढी सडक अबरुद्ध बन्न पुगे पछि यात्रुहरु खतरा मोलेर गन्तव्य जान बाध्य भएका छन् । डोजरको सहायताले गन्तव्यमा पुग्ने यात्रुहरुको लागि केहि सहजताका लागि सहयोग गरिरहेका छन् । रोकिएका सवारीसाधनहरु खोलाको धार परिवर्तन गरेर सुचारु गर्ने कोशिश गरिरहेका छन् ।