पढ्नै पर्ने |

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

गाेरखापत्र अनलाइन

काठमाडौं, साउन ३ गते । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएकोे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आजै बस्ने दोस्रो बैठकमा पेश हुने भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले दोस्रो बैठकका लागि १५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेको बताउनुभयो ।