पढ्नै पर्ने |

पूर्व सभामुख महरालाई उच्च अदालत पाटनबाट पनि सफाइ

गोरखापत्र अनलाइन
कठमाडौं, साउन १२ गते । पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार अभियोगमा उच्च अदालत पाटनले पनि सफाइ दिएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले गरेको अभियोगको दाबी नपुग्ने फैसलालाई उच्च अदालतले पनि सही भएको ठहर गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासबाट सो फैसला भएको उच्च अदालत पाटनकी प्रवक्ता अमृता शर्माले बताउनुभयो ।

संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोग दाबी नपुग्ने ठहर गरेको थियाे ।