पढ्नै पर्ने | खुला |

तेस्रो लहरमा के अभाव हुनसक्छ त्यो हेरेर आविष्कार गर्छौैं

विष्णु पाण्डेय, दृश्यमा मनाेजरत्न शाही 
काठमाडौं,साउन १३ गते । नयाँ विचार र नयाँ केहि गरौं भन्ने सोच भएका व्यक्तिलाई हौसला तथा साथ दिने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले नौ वर्ष पूरा गरेको छ । स्थापनाको समय नौ वर्ष भएको भएपनि आविष्कार गर्न सुरु गरेको जम्मा तीन वर्षमात्र पूरा भएको छ ।


नेपालमा केहि आविष्कार होस् भन्ने उद्देश्यले डा. महावीर पुनले यसको स्थापना गर्नुभएको हो । अमेरीकी जीवनलाई चटक्क छाडेर नेपालमा आएर करीब २० वर्षको समाज सेवापछि यसको स्थापनाको परीकल्पना आएको उहाँ बताउनुहुन्छ । समाज सेवाको कामले मात्र देश विकास नहुने ठानेर आफूले यसको आविष्कार केन्द्रको परिकल्पना गरेको उहाँको भनाई छ ।
२० वर्ष गरेको कामको प्रशंसा स्वरुप आफूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड मिलेको उहाँको भनाई छ । तर आफूलाई अवार्ड र प्रशंसाको लोभ कहिले नरहेको उहाँले बताउनुभयो । नेपालमा विदेशबाट आईरहेका सामग्रीहरु नेपालमा नै उत्पादन गर्ने आविष्कार केन्द्रको उद्देश्य रहेको उहाँको भनाई छ । अहिलेसम्म नेपालमा केहि नविनतम् कुराहरु आविष्कार गर्ने परिपाटी नबसेका कारण आविष्कार केन्द्रले यो परीपाटी बसाउन खोजेको उहाँको भनाई छ ।
आफूहरुले कोरोनाको पहिलो र दोस्रो लहरमा पीपीई, स्वाव सङ्कलनको लागि बुथको निर्माण, कोरोना संक्रमितलाई खाना पुर्याउने नर्सिङ् रोवर्ट, डिस्ईन्फेक्सन बक्स, शव व्यवस्थापन गर्ने बाकस जस्ता कुराहरुको निर्माण गरेको उहाँको भनाई छ ।
सम्भावित तेस्रो लहरको जाखिमलाई पनि आविष्कार केन्द्रले ध्यान दिएको पुनको भनाई छ । तर तेस्रो लहर कस्तो खालको आउँछ भन्ने जानकारी नभएकाले तेस्रो लहरमा हुने अभावलाई हेरेर आफूहरुले आविष्कारको प्रक्रिया अपनाउने उहाँको भनाई छ ।