पढ्नै पर्ने |

उपत्यकामा राती ८ बजेपछि सवारी सञ्चालनमा रोक (निर्णय सहित)

काठमाडौं, साउन २६ गते । बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएकाे छ ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधनन सञ्चालनमा रोक लगाइएको हो । 'अब राति ८ बजेभन्दा अगाडि आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने छ,’ उहाँले भन्नुभयो । साथै जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको उहाँले बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पछिल्लो केही सातादेखि कोरोना सङ्क्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको तर, अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने रोक नलगाइएको बताउनुभयो ।

 
 
Seen by Asha Shah at 1:51 PM