बागमती प्रदेशमा पाण्डे र खनाल मन्त्री नियुक्त
राममणि दहाल
हेटौंडा, भदौ २ गते । बागमती प्रदेशको नवनियुक्त मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिनु भएसँगै दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । उहाँले आन्तरिक मामिला तथा कानुन तथा भौतिक विकास मन्त्रीको रुपमा केशवराज पाण्डे तथा समाजिक विकास मन्त्रीका रुपमा कृष्णप्रसाद खनाललाई नियुक्त गर्नु भएको हो । उहाँहरूले अाजै पद तथा गाेपनीयताकाे सपथ लिनु भएकाे छ ।