पढ्नै पर्ने | मुख्य समाचार |

मन्त्रिमण्डलाई पूर्णता दिन सत्ता गठबन्धनका नेताहरूकाे बैठक

काठमाडौं, भदौ १४ गते । मन्त्रिमण्डलाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका उपसचिव बद्री तिवारीले बालुवाटारमा सोमबार बिहान ९ :३० बजेदेखि सत्तारुढ गठबन्धनको बैठक जारी रहेको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी हुनुहुन्छ ।  कुन दलले कति मन्त्रालय र कुन–कुन मन्त्रालय लिने भन्नेबारे सत्तारुढ गठबन्धनबीच छलफल गरी टुंग्याउन लागिएको हो ।