पढ्नै पर्ने |

प्रदेश २ मा १० जना प्रदेशसभा सदस्य नेकपा (एस)मा

लक्ष्मी चौधरी
जनकपुरधाम, भदौ १७ गते । प्रदेश २ मा नेकपा एमालेका १० जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएकाे छ । उहाँहरूले बिहीबार निर्वाचन आयोगको जनकपुरधामस्थित प्रदेश कार्यालयमा सशरीर उपस्थित भएर नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्नु भएकाे हाे  । प्रदेशसभा सदस्यहरूले नयाँ पार्टी रोजेसँगै जनता समाजवादी पार्टी नेपालका मोहम्मद लालबाबु नेतृत्वको गठबन्धन सरकारमा सामेल हुने बाटो नेकपा (एककिृत समाजववादी) का लागि खुलेको छ ।
नेकपा(एकीकृत समाजववादी रोज्ने प्रदेशसभा सदस्यहरूमा शतुधन महतो, गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोककुमार यादव, मञ्जुकुमारी यादव, बेची लुंगेली, रवीन्द्र बैठा, नागेन्द्रराय यादव, हसीमा खातुन र मनोजसेन श्रीवास्तव हुनुहुन्छ ।
नेकपा एमालेका अर्का एक प्रदेशसभा सदस्य डिल्लीप्रसाद उप्रेती उपचारका लागि भारतको नयाँदिल्लीमा रहेकाले उनले निवेदनमार्फत आफू नेकपा (एकीकृत समाजवादी) मा रहने निर्वाचन आयोगको कार्यालयलाई जानकारी दिनुभएको छ ।
प्रदेशसभा गठन हुँदा प्रदेशसभा २ मा नेकपा एमालेका २१ जना सदस्य थिए ।
नेकपा(समाजवादी एकीकृत) का प्रदेशसभा सदस्य शत्रुधन महतोले गठबन्धन सरकारमा सहभागी हुने केन्द्रीय सहमतिअनुसार छिट्टै सरकारमा सहभागी हुने बताउनुभयो । तर उहाँले त्यसको समयसीमाबारे भन्नुभएन ।
प्रदेश २ सरकारमा सत्तारुढ राजनीतिक दलको केन्द्रीय गठबन्धनका नेपाली काँग्रेसले तीनवटा मन्त्रालय र माओवादी केन्द्रले एक मन्त्रालय लिएर यसअघि नै सम्मिलित भइसकेका छन् ।