पढ्नै पर्ने | फोटो फिचर |

आँखा उपचार केन्द्रमा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा 'डिस्पोज'

गोरखापत्र अनलाइन
काठमाडौं,भदौ२४ गते । काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा उपचार केन्द्रको भवनमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ ।
बिहीबार बिहान करिब ११ बजे मातृका आँखा केन्द्रको भवनमा शङ्कास्पद वस्तु फेला परेपछि बम भएको आशङ्का गरिए पनि बम भने नरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभएको छ । कोही व्यक्तिले झुक्याउनका लागि उक्त वस्तु राखेको हुनसक्ने उहाँले बताउनुभयो । उक्त शङ्कास्पद वस्तु फाउन्डेसनको तेस्रो तलाको शौचालयमा बिहान फेला परेको थियो ।

तस्बिर : सागर बस्नेत/बिकास द्वारे