मंगलबार साँझसम्म कर्णाली प्रदेशकाे मुख्यमन्त्रीको दाबी गर्न आव्हान
मुना हमाल
सुर्खेत, कात्तिक १५ गते । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोबिन्द प्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्नु भएको छ । उहाँले अब भोलि मंगलबार साँझ ७ : ३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आव्हान गर्नु भएको छ ।
सोमबार महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री पदबाट राजीनामा दिए पछि मुख्यमन्त्रीमा दाबी गर्न उहाँले आव्हान गर्नु भएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेशसभा सदस्यलाई भोलि साँझ साढे ७ : ३० बजेसम्म दाबी पेश गर्न आव्हान गर्नु भएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।