पढ्नै पर्ने | खुला |

बाघसँग खेल्नेको अनुभव, सानोमा बच्चाजस्तो पालें, पछि हिंस्रक बन्यो

दीपा चौधरी, दृश्यमा मनोजरत्न शाही
काठमाडौं, कार्तिक ३० गते । बाघ भन्ने बित्तिकै धेरैको जिउ सिरिङ हुन्छ । तर केहीलाई भने रातोदिन बाघसँग उठबस मै रमाइलो लाग्छ बाघसँग निकट पुग्ने काम नै साहसिक हुन्छ । २०३६ सालदेखि यस्तै सहासिक कामगर्दै आउनु भएको छ हरिकृण श्रेष्ठले मानिसलाई आक्रमण गरेर मारेका वा दुःख दिएका बाघहरु मात्रै अहिले सदर चिडियाखानामा रहेका छन् ।

हप्ताको छ दिन मासु खाने बाघ शनिबार वर्त बस्छ । उ केही खाँदैन । हरिकृण श्रेष्ठलाई विशेष लाग्ने काम हो बाघको हेरचाह । उहाँ अहिले सदर चिडियाखानामा हेड किपरको रुपमा कार्यरत हुनुहुन्छ । उहाँसँग बाघको बच्चा ‘डमरु’ देखि बयस्क बाघसँग काम गरेको अनुभव छ ।

‘डमरु’ लाई आफ्नै बच्चा जस्तै गरी उहाँले पाल्नुभयो । डमरु जर्मन सेफर्ड कुकुर जात्रै हुँदासम्म आफ्नै सन्तानजस्तै गरेर पालेकोमा पछि उसले आफ्नो स्वरुप देखायो । जनावर त जनावर नै हो, मानिसलाई झम्नटिन थालेपछि खोरमा राखिदियौँ ।” अहिले उ खोरमा छ । त्यो ‘डमरु’ लाई पालेको नौ महिनापछि हिंस्रकरुप देखिएको थियो ।

“ सानो छँदा बच्चा जस्तै गरी पालेको । उमेरसँगै रुप परिवर्तन हुँदै जान्छ । अहिले उ खोरमा छ । म बाहिर एकदम नजिक । जनावरसँग हाम्रो लामो सम्बन्ध हुँदैन । भावनात्मक उतार चढाव रहिरहन्छ । जनावरसँगको दिन भने निरस हुँदैन । हाम्रो कामले जनावरलाई सहयोग पुग्छ । उनीहरू स्वस्थ्य हुन्छन् ।” यसैमा खुसी मिल्ने श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाघसँगको काम नै साहसिक काम हो, यसले नजिक या टाढाको चिन्दैन, नजिक गए जस्लाई पनि झम्तटन्छ ।” धेरै दिनको निकटताका कारण जनावरसँग चिनजान भने हुने गरेको उहाँको अनुभव छ । तर पुरै घुलमिल हुन भने नसकिएको उहाँले बताउनुभयो ।

अहिले सदर चिडियाखानामा पाँच वटा बाघ छन् । ती मध्ये एउटा पोथी र चार वटा भाले बाघ छन् । उनीहरुमध्ये सबैभन्दा पहिले चिडियाखानामा ल्याइएको बाघ हो ‘बाङ्गे’ । त्यो अहिले अलि बुढो अबस्थामा छ । चिडियाखानामा ल्याइएका सबै बाघहरु बाघ र मानवबीच द्वन्द भएका बाघहरु हुन् । मान्छे खाएका बाघ हुन् ।

पछिल्लो पटक बर्दियाबाट ल्याएको बाघ पनि खोरमै छ । त्यसको नाम बर्दिया टाइगर हो । बर्दिया टाइगरसलाई देखाउँदै श्रेष्ठले भन्नुभयो, “ यसले हाम्रो साथीलाई खायो ।” बर्दिया राष्ट्रिय निकुञ्जमा काम गर्ने कर्मचारीलाई यसले खाएको थियो । खाएको केही दिनपछि यसलाई नियन्त्रणमा लिएर चिडियाखानामा राखिएको छ । “ यसलाई यहाँ ल्याएको आठ महिना भयो अहिलेसम्म प्रदर्शनका लागि बाहिर लागिएको छैन ।”

कुनै पनि जनावरलाई चिडियाखानामा ल्याएपछि तुरुन्तै प्रदर्शनको लागि राख्न नहुने चिडियाखानाकी सूचना अधिकारी लीना चालिसेले बताउनुभयो । उहाँका अनुसार कुनै पनि जनावरलाई वातावरण मैत्री बनाइ नसक्दा छोड्न हुँदैन । जनावरमा नराम्रो असर पर्ना सक्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार बाघहरुको नाम जुन ठाउँबाट ल्याएको हो त्यहीअनुसार दिइएको छ । भने ‘बाङ्गे’ को नाम उसको एउटा खुट्टा राम्रो छैन । उ टेक्न सक्दैन । त्यसरी उसको नाम दिइएको हो ।

चिडियाखानामा प्रताप, जगती, बाङ्गे, महाराजा र बर्दिया टाइगरस नाम गरिएका बाघहरु छन् । उनीहरु नेपालकै विभिन्न जिल्लाबाट ल्याइएका हुन् । चालिसेले भन्नुभयो, “ पोथी ‘जगती’ र भाले ‘महाराजा’ दुबैलाई प्रजनन्का लागि सँगै राखिएको छ, तर जगतीको उमेर सानो भएकाले अहिलेसम्म बच्चा जन्मेका छैनन्, हामी ब्रिडिङ्गको प्रयासमै छौँ ।” अगामी दिनमा चिडियाखानामै बाघको उत्पादन हुने विस्वास उहाँले व्यक्त गर्नुभयो ।

उहाँका अनुसार बाहिरबाट ल्याउँदा वातावरणले असर गर्ने हुँदा धेरै जनावर मर्ने सम्भावना हुन्छ । सुरुमा ल्याउँदा धेरै गर्जिने बर्दिया टाइगरस अहिले धेरै सुध्रिएको हेड किपर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले सन्त भएको छ । “ यस्तै सुधार भए अबको केही दिनमा दर्शकको लागि छोड्न सकिन्छ, ” उहाँले भन्नुभयो ।

कोरोना महामारी संक्रमणलाई ख्याल गर्दै सदर चिडियाखाना पर्यटकहरूका लागि केही दिन बन्द थियो । अहिले खुलेको छ । दैनिक बाहृय र आन्तरिक पर्यटक चिडियाखाना पुग्ने गरेको सूचना अधिकारी चालिसेले बताउनुभयो । उहाँले भन्नुभयो, “ पर्यटकहरु त्यस्तो कम छैनन्, चहलपहल दैनिक उस्तै छ ।” उहाँका अनुसार बन्द हुनुअघि दैनिक तीन हजार अवलोकनकर्ताले चिडियाखाना अवलोकनका लागि आउने गरेकोमा अहिले त्यो संख्या भने पुगेको छैन ।

चालिसेका अनुसार अवलोकनको लागि बन्द गरेपनि चिडियाखानामा रहेका जीवजन्तुको स्याहारसुसार भने नियमित नै थियो । अहिले चिडियाखानामा एक सय दश प्रजातिका जनावरहरुमा नौ सय ८१ वटा जीवजन्तु रहेका छन् । चिडियाखानाको मुख्य आकर्षणको रुपमा बाघ, भालु हात्ती, गैँडा, चितुवा, रेड पाण्डालगायतका जनावरहरु रहेका छन् । ती प्रजातिमध्ये ३६ स्थनधारी, १० उभयचर, १४ माछा र ५० प्रजातिका चरा रहेका छन् ।

६ हेक्टर क्षेत्रफलमा फैलिएको चिडियाखानामा नेपालमा लोप हुन लागेको भनेर सूचीकृत मध्ये १५ प्रकारकालाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ ।