पढ्नै पर्ने |

प्रदेश १ का मुख्यमन्त्री राईले पाउनुभयो विश्वासको मत

गाेकुल पराजुली

विराटनगर, मंसिर १ गते । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशसभामा कायम रहेका ९२ सांसदमध्ये सभामुख बाहेक ७९ जनाको उपस्थिति थियो । मुख्यमन्त्री राईले आफुलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा ५० मत प्राप्त गर्नुभयो र विपक्षमा जम्मा२९ मत रहेको छ ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत बहुमतले प्राप्त गर्नुभएको छ । आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री राईले राख्नुभएको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत पारेको छ ।

मुख्यमन्त्री राईले पाउनुभएको मत प्रदेशसभामा तत्काल कायम रहनुभएका सदस्यको बहुमत भएकाले उहाँले विश्वासको मत पाउनुभएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गर्नुभएको छ ।

आजको मतदानमा ७९ जना सांसद उपस्थित हुनुभएको थियो ।

प्रदेश सभामा कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जानले मुख्यमन्त्री राईलाई विश्वासको मत दिनुभएको थियो ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गनुभएको छ ।