पढ्नै पर्ने | राष्ट्रिय | राजनीति |

मतदानकाे समय ११:३० सम्म थप, १०:३० सम्म चारहजार ६४३ मत खस्याे

काठमाडाैं, मङ्सिर २७ गते ।  कांग्रेसको १४ औं महाधिवेशनमा मतदानको समय फेरि थप भएको छ । निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालका अनुसार साढे ११ बजेसम्मका लागि मतदान समय लम्ब्याइएको छ । राति १०ः३० बजेसम्म्म चार हजार ६४३ मत खसिसकेको उहाँले बताउनुभयो ।
कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।

काँग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ