पढ्नै पर्ने | राष्ट्रिय | राजनीति |

चार हजार मत गणना : देउवालाई १९००, कोइराला लाई १४६७ मत प्राप्त

काठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।
पछिल्लो विवरण अनुसार जम्मा चार् हजार मतगणनामा शेरबहादुर देउवा १९००, शेखर कोइराला १४६७ मत प्राप्त भएको छ । त्यस्तै, प्रकाशमान सिंह २९६, बिमलेन्द्र निधि २३०, कल्याण गुरुङले २० मत प्राप्त गर्नु भएको छ ।