सडक मर्मतमा आफैँ जुटे स्थानीय
प्रेमराज सिम्खडा
कालीकोट, पुस ५ गते । कालीकोट जिल्लाको रास्कोट नगरपालिका वडा नं १ का नागरिक आफँै सडक मर्मतमा जुटेका छन । वर्षातको समयमा अवरोध भएको सडक मर्मत गरेर गाउँ सम्म गाडी पु¥याउने योजनाका साथ स्थानीय सडक मर्मतमा जुटेका हुन् ।
रास्कोट नगरपालिकाले निर्माण गरेका गाउँका सहायक सडक वर्षाको समयमा अवरोध भएका थिए । नगरपालिकाले आफ्नो मुल सडकबाहेक अरु सहायक सडक मर्मत नगरेपछि नागरिक आफैँ सक्रिय भएर सडक मर्मतमा जुटेका हुन् । वडा नं १ का धनगिरी शाहीले पटक पटक नगरपालिकालाई आग्रह गर्दा सुनुवाई नभएपछि गाउँले सबैले सल्लाह गरेर दैनिक काममा जाने र सडक मर्मत गर्ने काम सुरु भएको बताउनुभयो ।
उहाँले सरकारलाई पनि कति पटक भन्नु उसका पनि आफ्नै वाध्यता होलान्, बाँकी विरोध गरेर के गर्नु छ धेरै पटक आफँै पनि नगरपालिका गएर सडक मर्मत गरिदिन आग्रह गरेको तर आज पुस महिनासम्म पनि मर्मत नगरेपछि आफँै बनाउनतिर लागेको बताउनुभयो । रास्कोट नगरपालिका केन्द्रदेखि वडा नं १ को कार्यालयसम्मको सडक भने नगरपालिकाले यस अघि नै मर्मत गरेको थियो । तर सहायक सडक मर्मतमा नगरपालिकाले चासो नदेखाएको स्थानीयको भनाइ छ ।
वडा नं १ का बलवहादुर सार्कीले आफूलाई चाहिने सडकको मर्मत नगरपालिकाले गरेको गाउँका सडकमा ध्यान नदिएको आरोप लगाउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमले नगरपालिकाको स्काभेटर मर्मत भएकाले अव केही दिन सडक मर्मतमा पठाउने बताउनुभयो । पहिलो हामीसँग साधन भएन, भाडाका स्काभेटरले खासै चासो नदिएका कारणले ढिलो भएको सुनाउनुभयो ।
वडा नं १ को रालवाडा, हेप्कोट, गैरागाउँ, तामाकोट हुँदै विद्युत गृहमा जाने सडक वर्षाको पानीले पुरै भत्काएको छ । सडक मर्मत नहुँदा यहाँका नागरिकहरुले अहिले पनि पैदल हिड्न वाध्य भएका छन् । विरामी हुँदा पनि सडककै कारणले स्टेचरमा राखेर अस्पताल सम्म ल्याउनु पर्ने यस क्षेत्रका नागरिकको वाध्यता छ ।