पढ्नै पर्ने | राजनीति |

महाधिवेशन नेतृत्व चयनभन्दा वैचारिक बहसमा केन्द्रित हुने विश्वास

सपना थामी, दृश्यमा मनोजरत्न शाही र केशव गुरुङ

काठमाडौं, पुस ११ गते । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको समुद्घाटन समारोह काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न भयो । माओवादी केन्द्रले आठौं महाधिवेशनका लागि ‘नयाँ क्रान्तीकारी विचार र नयाँ क्रान्तीकारी पार्टी निर्माण’ भन्ने मूल नारा तय गरेको छ ।


पुस १५ गतेसम्म चल्ने यस महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनमाथि छलफल हुने महाधिवेशन प्रतिनिधिहरुले बताउनुभएको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने भनिएपनि नेता छनोटभन्दा वैचारिक, सैद्धान्तिक एवम् नीतिगत विषयमा बहस केन्द्रीत हुने उनीहरुको भनाई छ ।
महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, बहुपदको प्रस्ताव लगायत नयाँ नेतृत्वको विषय पनि टुंगोमा पु¥याइने जनाइएको छ । यसैगरी, समावेशी समानुपातिकको एजेण्डालाई मुख्यरुपमा उठाएको बताउदै आगामी दिनमा प्रतिनिधित्वसहितको नेतृत्वलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिइनुपर्ने महाधिवेशनका प्रतिनिधिहरुको प्रतिक्रिया छ ।