निर्वाचन कार्यक्रम आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित
काठमाडौं, पुस १७ गते । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम आइतबार दिउँसोसम्मको लागि स्थगित भएको छ । माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले आइतबार दिउँसो १ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो ।
केन्द्रीय सदस्यमा सहमति जुटाउन आयोजकहरुले समय दिनुपर्यो भन्नुभएपछि निर्वाचन कार्यक्रम भोलि दिउँसोसम्म स्थगित गरेको बताउनुभयो । उहाँले भोलि १ बजेसम्म सहमति भएन भने २ बजेबाट आवेदन लिने गरि निर्वाचन कार्यतालिका संशोधन गरिएको जानकारी दिनुभयो ।
यसअघि माओवादीले शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता र आइतबार बिहान साढे ११ देखि ४ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो ।