पढ्नै पर्ने | राष्ट्रिय | राजनीति |

अपराह्न ४ बजे पुन: बस्ने, कानुनविद्हरुसँग परामर्श गरिने

काठमाडौं, माघ १५ गते । पाँच दलको सत्ता गठबन्धनको बैठक शनिबार अपरान्ह ४ बजे पुनः बस्ने भएको छ । सरकार सञ्चालनका लागि गठित समन्वय समितिका संयोजकसमेत रहनुभएका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज बिहान बसेको गठबन्धनको बैठकमा आगावमी निर्वाचन सम्बन्धनमा कानुनविद्हरुसँग परामर्श गर्ने छलफल भएको हो ।

सोही अनुसार प्रधनमन्त्री निवास बालुवाटारमा पुनः कानुनविद्हरुसँग छलफल गरिने पौडेलले बताउनुभयो । सत्ता गठबन्धनले यसअघि पनि आगामी निर्वाच्न खासगरी, स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनविद्हरुसँग् छलफल गरेको थियो । संविधानको धारा २२५ र स्थनीय तह सम्बन्धी ऐन, २०७३ बाझिएपछि कानुनविद्हरुले संविधान बमोजिमको कानुन बनाउनुपर्ने सुझाव दिएका थिए ।यी लगायत समसामयिक विषयमा आज बिहान ९ बजे पुनः छलफल भएको थियो ।

प्रधानमन्त्री एवम् काँग्रस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताकाे उपस्थितिमा बैठक बसेको थियो ।