पढ्नै पर्ने | राजनीति |

एमाले सचिवालयको बैठक साँझ ६ बजे, संसदीय दलकाे बैठक साेमबार

काठमाडौं, फागुन १ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्दैछ । देशको पछिल्लो समसामयिक राजनीति र विशेषगरी प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लागेको महाभियोगबारे साँझ बस्ने सचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताउनुभयो ।

यसैगरी, एमाले संसदीय दलको बैठक भने भोलि सोमबार बस्ने उहाँले बताउनुभयो ।सचिवालयको बैठक कहाँ बस्ने भन्नेबारे निश्चित भइसेको छैन ।