सत्ता गठबन्धनको बैठक बिहीबार ३ बजे बाेलाउने सहमति
काठमाडौं, फागुन ४ गते । बिहीबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको हो ।
माओवादी अध्यक्ष प्रचण्डका सचिवालयले बिहीबार दिउँसो ३ गते सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको जनाएको छ । बुधबार माओवादी संसदीय दलको बैठक सकेलगत्तै प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुग्नुभएको हो ।