पढ्नै पर्ने | राष्ट्रिय |

संसद्को कार्यव्यवस्था समितिको बैठक जारी

 

कठमाडौं, फागुन ६ गते । आजको संसद् बैठकका विषयमा छलफल गर्न कार्यव्यबस्था समितिको बैठक संसद् भवनमा शुरु भएको छ । केहीबेर पहिले शुरु भएको बैठक जारी रहेको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले बताउनुभयो । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसी सदनमा पेश गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुको बैठक बसेको थियो ।
सो बैठक आइतबार पुनः बस्ने गरी टुङ्गिएको थियो । आज १ बजे संसद्को बैठक बस्दै छ ।