कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
काठमाडौं, फागुन ८ गते । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक जारी रहेको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले बताउनुभयो ।
बैठकमा नेपाली काँग्रेसका सचेतक पुष्पा भुषाल, माओवादी सचेतक देव गुरुङ, एकीकृत समाजादीका जीवनराम श्रेष्ठलगायतका सांसदहरु सहभागी हुनुहुन्छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना संसदमा टेबल हुने सहमति जुटेको थियो ।
प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेकाे हो ।