प्रम देउवा र ओलीबीच छलफल सकियो, साँझ ७ बजे पुनः छलफल हुने
काठमाडौं, फागुन १२ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच फेरि भेटवार्ता हुने भएको छ ।
बिहीबार प्रतिनिभिसभा बैठक स्थगित भएपछि बानेश्वरमा प्रधानमन्त्री देउवा र एमालेका नेताहरुसँग भएको छलफल सकिएको छ । छलफलपछि काँग्रेसका महामन्त्री गगन थापाले बिहीबार राति ७ बजे बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच पुनः छलफल हुने जानकारी दिनुभयो ।
‘बैठकमा एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीभित्र आन्तरिक छलफल गरेर साँझ पुनः कुराकानी गर्ने बताउनुभएको छ ।’ थापाले भन्नुभयो, ‘साँझ ७ बजे फेरि पूर्व प्रधानमन्त्री ओलीजी, प्रमुख प्रतिपक्ष दलको नेता र प्रधानमन्त्रीबीच छलफल हुन्छ ।’