नेकपा (एस)को पोलिटब्यूराे बैठकः स्थानीय चुनावमा छलफल केन्द्रित
काठमाडौं, फागुन २३ गते । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले अबको सम्पूर्ण ध्यान आगामी स्थानीय तहको चुनावमा केन्द्रित भएको जनाएको छ ।
सोमबारको पोलिट्ब्यूरो कमिटीको बैठकबारे बोल्नुहुदै नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले आगामी चुनावको तयारीलाई फोकस गरेर अघि बढ्नुपर्ने बताउनुभएको हो ।
‘प्रत्येक पालिका–पालिकामा कमिटी विस्तार बनाउदै, वडा र टोल–टोलमा पार्टी कमिटी विस्तार गर्दै चुनाव सम्बन्धि परिचालन कमिटी बनाउदैछौं ।, नेपालले भन्नुभयो, जो–जो सँग तालमेल मिल्छ, ठूलो सफलता प्राप्त गर्ने विश्वासका साथ जुटिरहेका छौं ।
यसैगरी, आजको बैठकबारे थप बोल्नुहुदै पार्टी का प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले फागुन २५ गते बस्न गइरहेको केन्द्रिय कमिटीको बैठकबारे एजेण्डा र नीति तय गरिएको बताउनुभयो ।
‘पार्टी अध्यक्षले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुुभएको छ । आसन्न निर्वाचनमा आवश्यक नीति र आगामीक कार्ययोजना निर्माण गरेका छौं । यो केन्द्रीय समितिलाई मार्गनिर्देश गर्ने कमिटी हो ।’, यससँगै स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रिकृत हुने पनि खतिवडाले भन्नुभयो ।
यससँगै अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना व्यात्मक टिप्पणीका आधारमा संसदबाट अनुमोदन भएको र यसको प्रतिकूल क्रियाकलाप देखिए कानुनी माध्यम अपनाइने पनि हउाँले बताउनुभयो ।