पढ्नै पर्ने | खुला |

होली खेल्ने क्रममा घरबाट खस्दा एक किशाेरी गम्भीर घाइते


काठमाडौं, चैत ३ गते । काठमाडौंको बौद्धमा होली खेल्ने क्रममा घरबाट खस्दा एक जना किशोरी घाइते हुनुभएको छ । बौद्धको दक्षिणढोकास्थित एक घरमा होली खेल्ने क्रममा खस्दा सिन्धुपाल्चोक घर भएकी विनिता चौलागाईं गम्भीर घाइते हुनुभएको हो ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दिउँसो घरको छतबाट खस्दा फलामको बारमा खसेपछि उद्दार गरेर नेपाल मेडिकल कलेज, जोरपाटी उपचार भइरहेको छ ।

उहाँका अनुसार कक्षा ११ मा अध्ययरत चौलागाईं र दाइ बौद्धमा डेरा गरी बस्दै आउनुभएको थियो । उहाँ होली खेल्न आफन्तकोमा जानुभएको थियो ।