पढ्नै पर्ने | राजनीति |

एमाले केन्द्रीय कमिटीको तेस्राे बैठक सुरु

काठमाडौं, चैत ९ गते । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्राे बैठक सुरु भएको छ । वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन सम्बन्धमा बैठकको छलफल केन्द्रित रहने केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताउनुभयो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने विभिन्न भूगोल पार्टी अध्यक्षले लिखितरुपमा रिपोर्ट पेश गर्नुहुनेछ। विभिन्न विभाग, केन्द्रीय निकाय र आयोगको रिपोर्ट महासचिवले प्रस्तुत गर्नुहुनेछ ।

निर्वाचन, राजनीतिक प्रतिवेदन लगायतका विषयमा छलफल हुन्छ, बैठक भोलि बिहीबारसम्म चल्ने उहाँले भन्नुभयो । एमालेको यसअघि बसेको पोलिट्ब्युरो बैठकले स्थानीय तहका उम्मेदवारको मापदण्ड तय गरेको थियो । पार्टीको स्थापना दिवसको अवसरमा निर्वाचनको घोषणापत्र जारी गर्ने एमालेले जनाएको छ ।