राष्ट्रिय |

डा.निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत नियुक्त

गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले डा.निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतमा नियुक्ति गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो । उहाँको नाम यसअघि नै मन्त्रिपरिषद्बाट सिफारिस भएको थियो ।