राष्ट्रिय |

मन्त्री आलेद्वारा आर्थिक सहयोग

काठमाडौँ, वैशाख १० गते । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले मिर्गौला तथा थाइराइड पीडित एक महिलालाई आर्थिक सहयोग गर्नुभएको छ । उहाँले डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाकी ५३ वर्षीया मिर्गौलापीडित उजुली आउजीलाई रु १५ हजार तथा आदर्श गाउँपालिका–५ का थाइराइडका बिरामी रुपसिंह टमटालाई रु १० हजार सहयोग प्रदान गर्नुभएको हो ।    
    
 लामो समयदेखि बिरामी भएर काठमाडौँमा उपचार गराइरहनुभएका दुवैलाई उपचारमा केही सहज होस् भन्ने उद्देश्यले उक्त रकम मन्त्रीले प्रदान गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले बताउनुभयो ।