राष्ट्रिय |

उपप्रधानमन्त्री पोखरेलद्वारा पूर्वप्रम खनालको स्वास्थ्य अवस्थाबारे जानकारी  

काठमाडौँ, वैशाख १९ गते । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले) वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । नर्भिक अस्पताल पुगेर उहाँले नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी लिनुभयो ।    
    
कोभिड–१९ सङ्क्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो ।