राष्ट्रिय | फिचर |

कोरोनाको खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीबाट बैठक आह्वान

गोरखापत्र अनलाइन
काठमाडौं, २२ बैशाख । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशीघ्र नेपाल ल्याउने विषयमा परामर्श गर्नुभएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, मुख्यसचिव डा. शङ्करदास वैरागीबीचको बैठक बोलाउनुभएको हो ।

बैठकमा तत्कालै नेपालमा खोप ल्याउने र त्यसका लागि खरिद प्रक्रिया यथाशीघ्र टुङ्गोमा पुर्याउने विषयमा छलफल भएको थियो । सरकारले भारतमा निर्मित खोपलाई प्राथमिकतामा राखेको छ भने अन्य देशमा निर्मित खोपलाई पनि विकल्पमा राखेको छ । सरकारले खोप ल्याउनका लागि यसअघि नै परराष्ट्र मन्त्रालयलाई समन्वयको जिम्मेवारी दिइसकेको छ । सरकारले पहिलो चरणमा २१ लाख र दोस्रो चरणमा ३ लाख ७० हजार डोज कोरोनाविरुद्वको खोप लगाइसकेको छ ।