राष्ट्रिय |

आज बस्ने भनिएको काँग्रेस पदाधिकारी बैठक स्थगित

गोरखापत्र अनलाइन

काठमाडौं, असार १७ गते । नेपाली काँग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । बिहीबार दिउँसो २ बजे काँग्रेस पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुबीचको बैठक हुन नसकेको काँग्रेस नेता डा. नारायण खड्काले बताउनुभयो ।

काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन र पार्टीको आन्तरिक छलफलका लागि पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी एवम् पूर्व पदाधिकारीहरुको बैठक बोलाइएको थियो ।