राजनीति | मुख्य समाचार |

छ मिनेट चलेर प्रतिनिधिसभा बैठक असोज १४ गतेसम्म स्थगित

काठमाडौं, असोज ११ गते । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको सोमबार दिउँसो बसेको बैठकमा विनियोजन विधेयक राष्ट्रिपतिबाट प्रमाणीकरण भएका र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएको जानकारी दिइएको थियो । बैठक करीब छ मिनेट चलेकाे थियाे । 

गत भदौ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभा असोज १४ गतेसम्मको लागि स्थगित भएको सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।