बागमती प्रदेशसभा बैठक अपराह्न ३ बजे बस्ने
मकवानपुर, कात्तिक ४ गते । बागमती प्रदेशसभाको बैठक अपराह्न ३ वजे बस्नेभएको छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठक विशेष कारण जनाउँदै सारिएको सचिवालयले जनाएको छ ।
नेकपा (एमाले)ले पार्टीको स्थानीय अधिवेशन भएको कारण प्रदेशसभा बैठक यही कात्तिक ११ गतेसम्मको लागि सारिदिन लिखित प्रस्ताव गरेको जनाइएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने बैठकको कार्यसूचीे छ ।
सो प्रस्तावमाथि आजको बैठकमा छलफल हुने र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।