नागरिकता विधयेक छिटो पास हुन्छः गृहमन्त्री खाँण
लक्ष्मी चौधरी
जनकपुरधाम, कात्तिक २२ गते । संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक छिटै पास हुने बताउनुभएको छ । संसद अवरुद्धका कारण सो विधेयक अगाडि बढ्न नसकेको उहाँले बताउनुभयो ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको विमानस्थलमा सोमबार पत्रकारसँगको कुराकानीमा गृहमन्त्री खाँणले भन्नुभयो, ‘न्यापालिकाको विवाद सम्वेदलशील तथा गम्भिर रहेको बताउनुहुँदै उहाँले विवाद छिटोभन्दा छिटो सुल्झााउनु पर्ने बताउनु भयो । उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र रुपले चल्नुपर्ने बताउनुभयो ।
यसैगरी मन्त्री खाँणले भन्नुभयो, ‘नागरिकता समस्यालाई सरकारले गम्भिर रुपमा लिएको बताउँँदै नागरिकता ऐन छिटोभन्दा छिटो पास गर्ने जानकारी दिनुभयो । संसद बैठकमा अवरोध नगर्न पनि उहाँले प्रतिपक्षीदल नेकपा (एमाले) सँग आग्रह गर्नुभयो ।
उहाँले सरकार र राज्यको पहिलो दायित्व नागरिकको जिवन रक्षा रहेको बताउनुभयो । कुनैपनि नेपाली नागरिकले नेपालको जुनसुकै भागमा स्वतन्त्रतापूर्वक बाच्न पाउने उसको अधिकार हो । त्यसको सुनिश्चित्ताका लागि सरकार सदैव प्रयत्नशील रहेको उहाँले बताउनुभयो ।
जनताको सुरक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउनुहुँदै सुरक्षा व्यवस्थालाई अझै सुधार्ने समेत उहाँले प्रतिवद्धता जनाउनुभयो । गृहमन्त्री खाँणले भन्नुभयो, ‘नेपाली कांग्रेस लोकतन्त्रिक पार्टी हो, यसको गतिविधिले अन्य पार्टीलाई पनि प्रभाव पार्छ ।’