एमालेमा व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गर्नुपर्यो - नेता खनाल
काठमाडौं, कात्तिक २७ गते । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेको बताउनुभयो ।
शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता खनालले सो कुरा बताउनुभएको हो ।
‘हामीले फुटेका होइनौं, हामीले एमाले गुटको व्यक्तिवादी प्रवृत्तिविरुद्ध विद्रोह गरेका हौं,’ उहाँले भन्नुभयो ।
त्यस्तै, एमालेबाट समाजवादी क्रान्तिको पूरा हुन नसक्ने ठहर गर्दै उहाँले नयाँ पार्टी खोल्नु परेको समेत बताउनुभयो ।
साँथै, उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवादी क्रान्तिको रुपान्तरणलाई समेत अस्वीकार गरेकाले विद्रोह अनिवार्य भएको दावी गर्नुभयो ।