एमालेको अधिकांश जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन (सूचिसहित)
काठमाडौं, कात्तिक २८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंसिर १० देखि १२ गतेसम्म हुन गइरहेको दशौं राष्ट्रिय महाधिवेशनका लागि देशका अधिकांश जिल्लाहरुमा सर्वसम्मतबाट प्रतिनिधि चयन भएको छ । एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा आइतबार जारी एक प्रेस विज्ञप्तिमा पार्टीको पूर्वनिर्धारित तालिका अनुसार शनिबार एकै दिन प्रतिनिधि छनोटको काम सम्पन्न भएको र यसको थप विवरण संकलन गर्ने काम भइरहेको जनाइएको छ ।
एमाले पार्टी विधानले निर्धारण गरेको मापदण्ड अनुसार खुला, महिला, उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको र अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरु निर्वाचित भइसकेको जनाइएको छ । कात्तिक ३० गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रमा प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देशन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश नम्बर १
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बू, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।
बागमती प्रदेशः
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।
उपत्यका विशेष कमिटीः
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
गण्डकी प्रदेशः
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।
लुम्बिनी प्रदेशः
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।
कर्णाली प्रदेशः
हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
सुदूरपश्चिम प्रदेशः
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी रहेको जनाइएको छ ।