राष्ट्रिय |

नेकपा एसकाे केन्द्रिय कमिटीको बैठक, अन्य पार्टीबाट आएकालाई विभिन्न पदमा गरिएकाे मनाेनय अनुमाेदन

काठमाडौं,कात्तिक २८ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को दुई दिन चलेको केन्द्रिय कमिटीको बैठक आइतवार सकिएको छ । बैठकले माले समूहबाट आएका कुलप्रसाद पैयर,निलमणी बराल र शंकर पोखरेललाई केन्द्रिय कमिटिमा मनोनयन गर्ने निर्णयलाइ अनुमोदन गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रबाट आएका रामचन्द्र झालाई केन्द्रय कमिटिमा मनोनयन गरी सचिवालयमा राख्ने र नेकपा एमालेबाट आएका बंशीधर मिश्रलाई केन्द्रय कमिटिमा मनोनयन गरी स्थायी कमिटिमा लाने र एमालेबाटै आएका डा.तारा जोशीलाई केन्द्रिय कमिटिमा ,माले समूहबाट आएका श्यामराज राईलाई केन्द्रिय परिषद्मा र कालिप्रसाद यादवलाई २ नम्बर कमिटिमा मनाेनयन गर्ने निर्णय आजको बैठकले अनुमोदन गरेको उहाँले बताउनुभयो ।