राष्ट्रिय |

कानुन व्यवासायीको विराेध तथा धर्ना आज पनि जारी

काठमाडौं, मङ्रसिर ५ गते । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसियशन लगायत कानुन व्यवसायीहरुले निरन्तर गर्दै आएको विरोध प्रदर्शन आइतबार पनि जारी छ ।

आज पनि सर्वोच्च अदालत अगाडि कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । विरोध प्रदर्शन गर्दै आएका कानुन व्यवसायीद्वारा देशव्यापीरुपमा यस मुद्दामा सहभागी हुन कानुन व्यवसायीमा आव्हानसमेत गरिएको छ ।

सर्वोच्चको मूल गेट अगाडि निरन्तर धर्ना तथा प्रदर्शन हुँदै आएपछि प्रधानन्यायाधीश जबरा वैकल्पिक द्वारबाट सर्वोच्च प्रवेश गर्नुहुँदै आउनुभएको छ ।