न्यायालयको विवाद वार्ताबाट समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल
धर्बेन्द्र झा
जनकपुरधाम,मंसिर ७ गते । नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले न्यायालय भित्र देखिएको समस्या वार्ता र सम्बादको मार्फत छिटो भन्दा छिटो समाधान गर्नु पर्ने बताउनुभएको छ ।
जनकपुर विमानस्थलमा पत्रकारहरु सँग कुराकानी गर्दै उहाँले न्यायालय भित्र देखिएको द्वन्द्वले देशमा नाकारात्मक सन्देश गइरहेको भन्दै समस्या समाधानका लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बन्धित पक्षहरुसँग छलफल गरी समस्या समाधानका लागि पहल गर्न भनी सकेको र न्यायालय क्षेत्रमा देखिएको समस्या छिटै टुंगोमा पुग्ने बताउनुभयो । अध्यक्ष नेपालले गठबन्धनको सरकारले नियुक्तिको काममा ढिलाइ गरिरहेको प्रति असन्तुष्टी जनाँउदै सरकारले फटाफट राजनीतिक नियुक्तको काम गर्नु पर्ने बताउनु भयो ।
उहाँले दलहरुलाई आफनो विभिन्न कामका व्यस्तताका कारण सरकारको कामकाजमा असर परे पनि राज्यसँग जोडिएका कामहरुलाई छिटो भन्दा छिटो गर्नु पर्ने बताउनुभयो । उहाँले राष्ट्रिय सभाको निर्वाचन र उप निर्वाचनमा पनि गठबन्धनका पाँच ओटै दलहरु मिलेर जाने भन्दै सहमतीको अधारमा तयार पारिएका साझा उम्मेदवार लाई जिताउने बताउनुभयो । उहाँले स्थानीय ,प्रदेश र संघ गरी तीनवटैै तहको अगामी चुनावसम्म गठबन्धन कायम रहने भन्दै तिनवटै तहको चुनाव एक साथ प्रदेशवाइज हुनु पर्ने बताउनुभयो । उहाँले पटक पटक निर्वाचन गराँउदा खर्चिलो हुने भएकोले तीनवटै तहको निर्वाचन एक साथ हुनु पर्ने धारणा राख्नुभयो ।
अध्यक्ष नेपाललाई जनकपुर विमान स्थलमा प्रदेश नं.२ का प्रदेश नं.२ का उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतो , नेकपा (एकिकृत समाजवादी) पार्टीका प्रदेश इन्र्चाज धर्मनाथ साह, प्रदेश अध्यक्ष रामचन्द्र यादव , स्थायी कमिटी सदस्य श्री प्रसाद साह, माओवादी नेता रामचन्द्र झा लगायतका सयौं नेता कार्यकर्ताले स्वागत गर्नु भएको थियो ।