राष्ट्रिय |

पत्रकार परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

काठमाडौँ, मङ्सिर ७ गते । पत्रकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिमा निर्वाचित हुनुभएको छ । सोमबार भएको अधिवेशनबाट परियार सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको हो ।

लामो समय पत्रकारिता गर्नुभएका परियारले यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकारको भूमिका निर्वाह गर्नुभएको थियो ।  तनहुँ स्थाीय घर हुनुभएका परियार १० वर्षदेखि काठमाडौँ क्षेत्र नम्बर ६ बाट राजनीति गर्दै आउनुभएको छ ।

समाजशास्त्रमा स्नातकोत्तर परियारले अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गर्नुभएको छ ।