राष्ट्रिय | प्रदेश |

सचिवमै दोहोरिन्छुः नेता भट्टराई

शालिग्राम नेपाल
चितवन, मंसिर ८ गते । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले दशौं महाधिवेशनमा पनि आफू सचिव पदमै दोहोरिने बताउनु भएको छ ।

भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्नुहुँदै भट्टराईले पार्टीमा आफ्नो लागि अझ समय भएकाले सचिवमा दोहोरिने बताउनुभएको हो । “अझै मेरोलागि पार्टीमा योगदानको समय छ” भट्टराईले भन्नुभयो, “अहिलेको चाहना पार्टी सचिवमा नै हो ।” आफून्दा पुराना नेताहरु रहनुभएकाले उहाँहरुलाई माथिको पदमा जाने अवसर दिने उहाँले बताउनुभयो ।

पार्टीलाई आउँदो निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित गर्ने पनि उहाँले दावी गर्नुभयो । पार्टी महाधिवेशन तयारीका लागि शीर्ष नेताहरु महाधिवेशनस्थल आउनेक्रम जारी छ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

१० गते नारायणी नदी किनारमा उद्घाटन हुने महाधिवेशनको बन्दसत्र ११ र १२ गते पर्यटकीय क्षेत्र सौराहाको होटल सेभेन स्टारमा हुँदैछ ।